नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ र मोफसलका लागि गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालका अनुसार प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यू डायमन्ड एकेडेमी, काठमाडौँको पारामाउन्ट हाइस्कुल, न्यु डायमन्ड स्पोर्टस क्लब, श्री गाउँ स्पोर्टस् विकास समिति, पोखराको टप्स हाइस्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, मेघौली स्पोर्टस् फाउन्डेसन र थ्रीस्टार एकेडेमीको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेताले तीन तीन लाख २५ हजार रुपैयाँ तथा उपविजेताले एक लाख ७० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी प्रतियोगितामा तेस्रो हुनेले ८० हजार रुपैयाँ, चौथोले ५० हजार रुपैयाँ, पाँचौँले ४० हजार रुपैयाँ, छैटौँले ३० हजार रुपैयाँ तथा सातौं स्थान हासिल गर्नेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै बेष्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, क्वीकर र कोचले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज घोषित हुने खेलाडीले एक/एक थान स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिता अवधिभर टिकट काटेर खेल हेर्ने दर्शकमध्ये लक्की ड्रबाटमार्फत एक जना दर्शकलाई पनि स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ
No comments:
Post a Comment