कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु प्रेम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका छन् । कार्यक्रममा युएईमा रहेका कलाकारहरुको समेत बेजोड प्रस्तुति रहनुका साथै साँस्कृति झल्कने झाँकी प्रदर्शन पनि हुने आयोजकले जानकारी दिएका छन् ।
युएईको देरा(दुबईमा अबस्थित काल्टन टावर होटल)मा आयोजना हुन लागेको सोनाम ल्होछार कार्यक्रम शुक्रबारका दिन दिउँसो २ बजेदेखि बेलुकी ९ः३० बजे सम्म हुने छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको आयोजक सिन्धुपाल्चोक सेवा समाज युएईले जनाएको छ ।
युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन युएईमा रहेका नेपाली व्यापारीहरु, बुद्धिजीवी तथा समाजसेवीहरु, पत्रकारहरु, कलाकार एवं सुभचिन्तकहरु सबैमा कार्यक्रम आयोजकले अनुरोध गरेको छ ।
No comments:
Post a Comment