राजधानी स्थित वल्र्ड ट्र्ड सेन्टरमा छायाँकन गरिएको गीतको भिडियो निक्कै राम्रो बनेको छ । मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले' मा राजन लामाको छायाँकन, रुद्र बोहराको निर्देशन र सन्तोष भारद्वाजको सम्पादन रहेको छ। गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारीकाले रोमान्स गरेका छन्।
थुप्रै चलचित्रबाट दर्शकको मन जित्न सफल उनले अभिनेत्री घिमिरे गायन क्षेत्रमा पनि छोटो समयमा नै चर्चा कमाउन सफल भएकी छन् । गीत सङ्गीतको औपचारिक शिक्षा समेत लिएकी उनको स्वरमा मिठास रहेको छ भने गीतको भिडियो पनि राम्रो बनेको छ। ‘मेरा सार्वजनिक गीतले राम्रै चर्चा पाइरहेका छन् अब गायन र अभिनय दुवै क्षेत्रलाईसँगै अघि बढाउनछु’, सारिकाले भनिन्।

No comments:
Post a Comment