बैतडी । शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता-२०७४ हुने भएको छ।
प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमबीच उद्दघाटन गरिने भएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र वडा नं ११ नागार्जुनबीच हुने भएको छ। उक्त उद्घाटन खेल दिउँसो साढे १२ बजेपछि शुरु हुने जनाइएको छ।
दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। दशरथचन्द नगरपालिका–१० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिता टी ट्वान्टी फरम्याटमा हुने जनाइएको छ।
यही माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टोलीको सहभागिता रहने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार रु ३० हजार नगद र ‘म्यान अफ द सिरिज’ एक जनालाई पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ।
मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ।
No comments:
Post a Comment