मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले नेपालमा पहिलोपटक यही माघ ५ र ६ गते क्रिकेट कार्निभल आयोजना गर्न लागिएको जानकारी गराए । कार्निभलमा नेपाली क्रिकेटको विगत, वर्तमान र भविष्य विषयक सेमिनार र क्रिकेटसम्बन्धी वृतचित्र पनि प्रदर्शनी गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।
क्रिकेटलाई आम नागरिकसँग जोड्न कार्निभलले महत्वपूर्ण भूमिका निभाउने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । त्यस्तै, मदन भण्डारी स्पोर्ट्स एकेडेमीले क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउने एक जना व्यक्तिलाई यस वर्षदेखि ‘मदन भण्डारी क्रिकेट अवार्ड’ले सम्मान गरिने एकेडेमीका महासचिव बचन देउजाले बताए ।
दुईदिने कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार, व्यवसायीबीच प्रदर्शनी खेल हुनेछ । यस्तै क्रिकेट सम्मान, ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री बिक्री, क्रिकेटसम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सेमिनार, सांगीतिक कन्सर्टलगायतका कार्यक्रमहरू सञ्चालन हुनेछन् । कार्निभलमा ५० हजारले अवलोकन गर्ने विश्वास आयोजकको छ ।
No comments:
Post a Comment