पिएसजीको जितका लागि नेइमारले मात्रै चार गोल गरे। त्यस्तै एन्जल डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक एक गोलको योगदान गरे।
काभानीले पिएसजीको सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेका छन्। उनले पिएसजीका लागि सबै प्रतियोगितामा गरेर अहिलेसम्म एक सय ५६ गोल गरेका छन्।
यो सन् २०१२ देखि २०१६ सम्म पिएसजीमा रहेर जाल्टन इब्राहिमोविचले बनाएको कीर्तिमानसँगको बराबरी हो। नेइमारले पेनाल्टी प्रहार गरेपछि काभानी भने यहि खेलमा थप एक गोल गरेर क्लबको सर्वाकालीन सर्वाधिक गोलकर्ता बन्ने अवसरबाट वञ्चित भए। विजयी भएको पिएसजीको २१ खेलबाट ५६ अंक भएको छ।
No comments:
Post a Comment