Thursday, January 18, 2018

अदालतभित्रै अन्धाधुन्ध गोली हानेर अभियुक्तको हत्या

हिजो बुधबार अदालतमा आफ्नो सुनुवाइमा अदालत उपस्थित भएका अभियुक्तलाई सुनुवाइकै क्रममा अदालतभित्रै गोली हानेर हत्या गरिएको छ । अभियुत्तलाई मार्नको लागि अदालतभित्रै अन्धाधुन्ध गोली प्रहार हुँदा वकिल र न्यायाधीशले च्याम्बरमा लुकेर ज्यान बचाएका छन् । घटनामा एक वकिलसँगै अन्य २ व्यक्ति घाइते भएका छन् ।
भारतको राजस्थान सादुलपुरको मुंसिफ अदालतमा बुधबार आफ्नो सुनुवाइमा आएका अभियुक्त अजय जैतपुराको हत्या भएको हो । अजयसँग आएका वकिल रतनलाल प्रजापत र अन्य दुईजना प्रदीप र सन्दिप घाइते भएका छन् । सुनुवाइकै क्रममा दिउँसो पौने १ बजे घटना भएको हो । आक्रमणकारी ४ देखि ५ जना भएको बताइएको छ । गोली प्रहारपछि उनीहरु हवाइ फायर गर्दै फरार भएका थिए ।
घटनामा हरियाणाका अनिल जाट नामका डनको समूहको संलग्नता रहेको अनुमान गरिएको छ । तर आक्रमणकारीको विषयमा कुनै बलियो प्रमाण फेला परेको छैन ।  १७ वर्ष अगाडि यही अदालतमा सुमेर फगेडिया नामका डनको पनि यसैगरी हत्या भएको थियो । अजयमाथि २३ डिसेम्बर २०१५ मा बैरासर गाउँको हमीरबास थानाका थानेदार र सिपाहीलाई गाडीले कुचेर मार्न खोजेको आरोप थियो । सादुलपुर अदालगले ७ वर्षको जेल सजाय सुनाइएकोमा अजयलाई ५ जनवरीका दिन हाइकोर्टले जमानतमा रिहा गरेको थियो

No comments:

Post a Comment