केही समय शान्त बसेपनि चीनले फेरि उक्त क्षेत्रमा आफ्ना गतिविधि बढाउन सुरु गरेको भातीय सञ्चारमाध्यमले जनाएका छन्। टाइम्स अफ इण्डियाले छापेको एक रिर्पोटमा भनिएको छ, भारतीय सुरक्षाबललाई डर छ की चीन एक पटक फेरि डोकलाममा आफ्नो घुसपैठ गर्न सक्छ। उक्त क्षेत्रमा चिसो विस्तारै कम हुँदै गएसँगै चिनियाँ सैनिकको हलचल बढ्न सक्ने छ।
समाचारका अनुसार करिब १६ सय चिनियाँ सैनिक उत्तर डोकलाम क्षेत्रमा तैनाथ छन्। उक्त क्षेत्रमा सेटेलाइटसहितको हेलिकप्ट ल्याण्ड गर्ने स्थान, हातहतियार तथा विधिन्नसमाग्री समेत फेला पारेका छन्। यसबाट प्रष्ट हुन्छ की, चीनले फेरि डोकलाम क्षेत्रमा हलचल मच्याउन तयारी गरिरहेको छ।
चीनको उक्त गतिविधि देखेर भारत सतर्क देखिएको छ।
No comments:
Post a Comment