एजेन्सी । लामो समयदेखि विवादको घेरामा रहेको चलचित्र 'पद्मावत'का निर्माता अन्तत: सर्वोच्च अदालत पुगेका छन्। चलचित्रहरुलाई विभिन्न ठाउँमा प्रतिबन्द लगाउनु पर्ने माग आएपछि निर्माताहरु अदालतको शरणमा पुगेका हुन्।
रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपूरको अभिनय रहेको चलचित्र पद्यावतलाई जरात, मध्यप्रदेश र राजस्थानमा प्रतिवन्ध लगाइएको छ। त्यसपछि पनि विरोधिहरुले हरियाणामा समेत उक्त चलचित्र प्रतिबन्ध लगाउने बताएपछि निर्माताहरु अदालतसम्म पुग्ने निर्णय गरेका हुन्। प्रतिबन्धका कारण चलचित्रले ठूलो घाटा व्यहोर्ने भएपछि भारतका सबै राज्यमा चलचित्र प्रदर्शन गर्न पाइनु पर्ने माग सहित निर्माण पक्षले अदालतमा गुहार मागेका हुन्।
केही समयअघि यस चलचित्रलाई सेन्सरबोर्डले विशेष समिति गठनगरी इतिहासविद्हरुलाई चलचित्र हेर्न लगाइएको थियो। त्यसपछि सेन्सरबोर्डले फिल्मको नाम ‘पद्मावती’बाट ‘पद्मावत’ बनाउनुका साथै विभिन्न दृष्यहरु परिवर्तन गर्न लगाई चलचित्रलाई पास गरेको थियो ।
सेन्सरबोर्डले प्रदर्शन अनुमति दिए पश्चात नै जनवरी २५ मा फिल्म प्रदर्शनहुने मिति तोकिएको छ। यो फिल्म हिंदीबाहेक तमिल र तेलुगु भाषामा समेत प्रदर्शन हुनेछ।
भारतको करणी सेनाले चलचित्रमा रानी पद्यावतीको चित्रण गरिएको प्रति विरोध गरिरहेको छ। साथै उनीहरुले निर्देशक संजय लीला भंसालीले फिल्ममा राजपुतहरुको मान–मर्यादाको अपमान गरेकाले फिल्मलाई पूर्णरुपमा प्रतिबन्ध लगाईनुपर्ने माग गरिरहेका छन्।

No comments:
Post a Comment